प्यारिसबाट फ्रान्सेली राजनिती विशेष

Jean-Marc-Ayrault-1-priminister-france-2012.jpg

१४:०० - रास्टपति भवन एलिजे दरबारमा नयाँ सरकारको पहिलो मन्त्री परिसदको बैठक । पहिलो निर्णय: रास्टपति, प्रधानमन्त्री र सबै मन्त्रीहरुको तलवमा ३० % कटौती ।

प्रधानमन्त्री जँ मार्क एरोद्वारा हिजो साँझ १७ महिला सहितको ३४ सदस्यिय नयाँ मन्त्रि मन्डल गठन। पुर्ब प्रधानमन्त्री तथा अर्थमन्त्री लोरँ फाब्युस बिदेसमन्त्रीमा नियुक्त तथा बरीयताक्रममा उनी सरकारमा दोस्रो ब्यक्तित्व ।

१६ मे २०१२,१०:०० - प्रधानमन्त्री फँस्वा फियोँद्वारा नव नियुक्त प्रधान मन्त्री जँ मार्क एरोलाई प्रधानमन्त्रीकै कार्यालय होटेल मातिन्योंमा आज पदभार हस्तान्तरण ।

१५ मे २०१२, १०:०० रास्टपति निकोला सार्कोजीद्वारा नव निर्वाचित रास्टपति फँस्वा होलन्डलाइ रस्टपतिकार्यालय एलिजे दरबारको साँचो, पद, जिम्वेवारी तथा आणबिक हतियारको कोड हस्तान्तरण... (बिनोद खकुरेल)

प्रतिकृया

राजदूत मोहन कृष्ण श्रेष्ठद्वारा मोनाकोका राजकुमार Albert II समक्ष ओहदाको प्रमाणपत्र पेश

1337177867_prince-albert-ii-monaco-ambassadeur-mohan-krishna-shrestha-1-france-nepal-mai-2012.jpg

पूर्व निर्धारित कार्यक्रम अनुसार हिजो १५ मे २०१२ का दिन महामहिम राजदूत श्री मोहन कृष्ण श्रेष्ठले मोनाकोका राजकुमार His Serene Highness Albert II समक्ष त्यहांको राजप्रासादमा स्थानीय ११:०० बजेको समयमा आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो ।

HSH राजकुमारबाट ओहदाको प्रमाणपत्र प्राप्त गरेपछि कुराकानीको शुरुआतमा महामहिम राजदूतलाई मोनाकोको राजदूतको रुपमा स्वागत गर्न पाउंदा खुसि व्यक्त गर्दै उहांको कार्यकालमा आपूले पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो ।

वहांले उक्त अवसरमा नेपालको वर्तमान स्थितको वारेमा जिज्ञासा राख्नहुंदै गत नोभेम्वरमा रिगाउंमा एक स्कूलको उद्घाटन गर्ने क्रममा नेपालको भ्रमण गर्दा आपूmले त्यहांका स्थानीय जनताबाट न्यानो स्वागत पाएको उल्लेख गर्नुभयो...

प्रतिकृया

एउटा समाजवादी र युरोजोन

1336898771_president-francois-hollande-2012.jpg

सामाजिक कार्यकर्ता आमा र डाक्टर बाबुका छोराका रूपमा सन् १९५४ अगस्ट १२ मा जन्मेका फँस्वा होलन्ड पछिल्लो ३० वर्षदेखि समाजवादी पार्टीको सक्रिय राजनीतिमा छन् । सन् १९९७ देखि २००७ सम्म समाजवादी पार्टीका महासचिव रहेका उनी राष्ट्रपति निर्वाचित हुनुअघिसम्म फ्रान्सको प्रतिनिधिसभा नेसनल एसेम्बलीका सदस्य थिए ।

लामो समयसम्म प्रतिनिधिसभा सदस्य रहेका उनी सन् २००१ देखि २००८ सम्म त्युल नगरका मेयर थिए । फ्रान्समा मेयर शक्तिशाली पद मानिन्छ, जो पूर्णतः स्वायत्त हुन्छ अधिकार प्रयोगमा । होलन्डले समाजवादी नेता तथा फ्रान्सका पहिला समाजवादी राष्ट्रपति फँस्वा मितेराँका विशेष सल्लाहकारमा नियुक्त भएर समेत काम गरे...

प्रतिकृया

शासकीय स्वरूपः नेपाललाई फ्रान्सेली सन्देश

1334922965_france-nepal-flag

फ्रान्समा १७ वर्षपछि समाजवादीका तर्फबाट फ्रँस्वा होलन्डले ५१.६२ प्रतिशत मत ल्याई कन्जरभेटिभ नेता तथा राष्ट्रपति निकोला सार्कोजीलाई पराजित गरे । राष्ट्रपति फ्रँस्वा मितेराँ (सन् १९८१-१९९५) पछि वामपन्थीसहितको मतबाट राष्ट्रपति बनेका होलन्डले १५ मेमा औपचारिक पदभार सम्हाल्नेछन् ।

राष्ट्रपति भएकोमा फ्रान्सका समाजवादीमात्र होइन, युरोप र विश्वका समाजवादी र वामपन्थीसमेत युरोपमा 'नयाँ युग'को थालनी भएको विश्लेषणसहित खुसी मनाइरहेका छन् ।
तर फ्रान्सका समाजवादी नेताहरू र स्वयम् राष्ट्रपति होलन्डलाई भने संगै एउटा घरेलु प्रश्नले तर्साएको छ- अगामी जून १० र १७ मा हुने पहिलो र दोस्रो चरणको संसदीय निर्वाचनमा समाजवादी पार्टीले ५७७ मध्ये बहुमत २८९ सिट ल्याउँछ वा ल्याउँदैन ...

प्रतिकृया

सार्कोजी कार्यकाल : चर्चा र विवादको चक्र

1337155481_nocolas-sarkozy-1-france-nepal-2012.jpg

सन् २००७ को मेमा पाँचौँ लोकतान्त्रिक व्यवस्थाअन्तर्गत फ्रान्सका छैटौँ राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा पूर्वगृहमन्त्री तथा सत्तासीन दक्षिणपन्थी दलका नेता निकोला सार्कोजीलाई फराकिलो आर्थिक नीति तथा सामाजिक पुनर्संरचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नसक्ने नेताका रूपमा अथ्र्याइन्थ्यो ।

सुरुवाती दिनमा सार्कोजीलाई मिडिया र विश्लेषकले कहिल्यै नरोकिने नेताको संज्ञा पनि दिन्थे । सार्कोजी कुनै न कुनै राष्ट्रिय या अन्तर्राष्ट्रिय घटनाबाट चर्चामा आइरहन्थे । नाटकीय कार्यक्रमबाट लोकपि्रयता बटुल्थे । उनको अरू नेताका जस्तो राजनीतिक पृष्ठभूमि थिएन, राष्ट्रपति हुनुअघिसम्म उनी विवादित व्यक्तित्व थिएनन्, त्यसैले आलोचनाभन्दा चर्चा नै बढी चल्थ्यो ।

सन् २००७ कै जुनमा युएमपीले संसदीय चुनावमा पाएको सफलतासँगै सार्कोजीलाई पाँचौँ गणतन्त्रपछिको तीन राष्ट्रपतिलाई जस्तो सत्ता संघर्ष तथा अल्पमतले सरकारी काम कारबाहीमा विपक्षीबाट रोकिनु परेन...

प्रतिकृया

फ्रान्स नेपाल इन्फो वेब गुगल

तपाईको बिचार

फान्समा आइतबार हुन लागेको राष्टपतीय चुनावमा कसले जित्ला ?


   निकाला सार्कोजी

   फ्रँस्वा होलण्ड

मत दिनुहोस् र नतिजा हेनुहोस्

Alliance Française de Katmandou
La Société Des Amis de Charles Baudelaire
Associations France  Népal
Les 5 Restaurants Népalais à Paris
Cours de Népali :  Apprendre le Népali
Inalco

समाचारपत्र